FAQs Complain Problems

फोटो ग्यालरी

मिति २०७५/०८/२३ गते भ्रष्टाचारविरुद्दको अन्तराष्ट्रिय दिवसको अवसरमा “ पारस्परिक जवाफदेहितामा हाम्रो अभियान ” भन्ने मूल नाराका साथ सामुदायिक सारथी नेपाल काभ्रे शाखाबाट भ्रष्टाचारविरुद्द नागरिक समुहका तर्फबाट प्रस्तुत भ्रष्टाचारविरुद्द शुन्य सहनशिलता व्यवहारमा कार्यान्वायन गरियोस् भन्ने बारेको ध्यानाकर्षण पत्र उप-प्रमुख गीता बन्जारा ज्यू समक्ष बुझाइयो  । 

मिति २०७५/०५/१३ गते पनौती नगरपालिकाको आयोजना तथा कोशिश नेपालको सहयोगमा सम्पन्न अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण सहजकर्ता अभिमुखीकारण कार्यक्रमका केहि दृश्यहरु!!

, ,

पनौती नगरपालिकाले मिति २०७५/०१/०२ देखि संचालन गरेको जनतासंग आमने सामने कार्याक्रम मिति २०७५/०१/१६ सम्म वडा न. १२ को कार्याक्रम पश्चात सम्पन्न भयको छ |वडागत रुपमा सम्पन्न गरिएका यि कार्याक्रमहरुको प्रतिबेदन तयारी पश्चात नगरपालिकाले आगामी बर्षको निति योजना तथा कार्याक्रम तर्जुमा गर्दा छलफलको विषय बनाईने नगरपालिका ले जनायको छ | साथै प्रतिबेदनले  औंल्याएका तात्कालिन रुपमा सुधारका लागि गर्नुपर्ने कामका सम्बन्धमा यथासिघ्र आवश्यक व्यवस्था मिलाउने समेत नगरपालिकाले प्रतिबद्धता व्यक्त गरेको छ | यस्ता कार्यक्रमले नगरपालिकाको योजना तर्जुमा, नितिनिर्माण, सेवा प्रवाह महत्तोपुर्ण योगदान पुगेको जनाउदै कार्याक्रम सफलताको लागि सम्बद्ध सबै पक्षमा धन्यबाद व्यक्त गरेको छ | 

पनौती नगरपालिका द्वारा निर्मित लज्जावती सहिद पार्कको उद्घाटन माननीय संचार तथा सूचना प्रविधि मन्त्री श्री गोकुल प्रसाद बास्कोटा ज्यूले मिति २०७५/०३/०९ गते बिहान गर्नु भयको छ। भब्य रुपमा संचालित उक्त उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्र तथा निकायका बिशिस्ट ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।कार्यक्रमका केहि झलकहरु तल प्रस्तुत गरिएको छ :-

पनौती-८ मल्पी स्थित सहिद पार्क,

Pages