FAQs Complain Problems

फोटो ग्यालरी

 पनौती नगरपालिकाको छैठौं नगर सभा आज मिति २०७६/०९/२४ गते १ बजे देखि सुरु भएको छ । यस नगरपालिका क्षेत्रको वडा नं. ११ पनौती ख्याकु बल्थली कामीडाँडा सडक निर्माणका क्रममा प्रयोग भइरहेको डोजर दुर्घटना हुँदा स्थानीय दुई जना बालकहरुको मृत्यु भएको कारण सो सम्बन्धमा दुख व्यक्त गर्दै चालु बैठक भोलि ११ बजे सम्मका लागि प्रमूख ज्यूबाट स्थगन भएको जानकारी प्राप्त भएको छ ।  थप झलकहरु

पनौती नगरपालिकाको छैठौं नगर सभाको दोस्रो बैठक आज निर्धारित कार्यसूची भित्रका सम्पूर्ण कामहरु सम्पन्न गरि सम्पन्न भएको छ । यस नगर सभामा वार्षिक लक्ष्य र प्रगतिका बारेमा महत्वपूर्ण छलफल भएको छ । वडा अध्यक्ष लगायात वडा सदस्यहरुले नगर सभा सदस्यको हैसियतले सो सम्बन्धमा आ-आफ्ना धारणा राख्नुभएको छ । केहि समसामायिक विषयमा शुन्य समयको उपयोग गर्दै महत्वपूर्ण सार्वजनिक विषयहरुको उठान गनुभयो । उठान गरिएको सम्पूर्ण विषयबस्तु उपर प्रमुख एवं सभाध्यक्ष ज्यूले प्रष्ट गर्नुभयो र जिज्ञासा प्रष्ट गरिसके पश्चात यो नगर सभामा उपस्थित रहनुभएका नगर सभा सफल बनाउन सफल बनाउन सहयोग पुराउने सम्बद्द सबै पक्ष प्रति धन्यबाद ब्यक्त गर्दै सभाध्यक्ष ज्यूले छैठौं नगर सभा सम्पन्न भएको घोषणा गनुभयो । थप झलकहरु

, , , ,

पनौती नगरपालिका क्षेत्र भित्र साबिकमा United Nations International Children's Emergency Fund(UNICEF) को सहयोग मा चलिरहेको Decentralized Action for Children and Women (DACAW) कार्यक्रम विस्तृत अवतरण गरीएको छ । बाल क्लब, बाल संजाल विकसित अवस्था हुँदै पुनर्संरचित पनौती नगरपालिकामा महिला तथा बालबालिका र विशेष गरि पोषणका क्षेत्रमा भएका प्रयोग, अभ्यास र सफलताका कथाहरु अध्ययन गर्ने र यसलाई दिगोरूपमा कसरी बिकास र संरक्षण गर्न सकिन्छ भन्ने सन्दर्भमा नगरपालिकाका पहलकर्मीहरु अध्ययन गर्ने क्रममा UNICEF को Executive Director Ms.Henrietta Fore, Director Regional Office for South Asia Ms.Jean Gough, Chief of Communication Ms.Tania Dhakhwa, Representative for Nepal Ms.Elke Wisch लगायत अन्य विशिष्ट टिमको आगमन भयो र उहाँहरुको आगमनलाई आदरणीय नगर प्रमुख श्री भिम न्यौपाने ज्यूले स्वागत गर्नुभयो । नगरपालिकाका विभिन्न गतिविधिहरु जानकारीका साथै दूइ पक्षिय अन्तरक्रिया सम्पन्न भयो र घटना दर्तालाई सतप्रतिशत गराउने नेपाल सरकारको उद्घोष अनुरुप हिडिरहेको पनौती नगरपालिकाको सन्दर्भमा यसको स्थलगत अध्ययन र प्रमाणपत्र वितरण र हस्तान्तरण कार्यक्रम स्वयम् UNICEF का Executive Director Ms.Henrietta Fore ज्युले ४ न. वडा कार्यलयमा गएर अध्ययन गनुभयो र सरोकारवालालाई प्रमाणपत्र हस्तान्तरण समेत गर्नुभयो। हामी उहाँहरु प्रति आभार प्रकट गर्दछौं ।

मिति :२०७६/०७/१७

, , , , , , , , , , ,

 “हामि सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण” भन्ने मूल नाराका साथ ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवस २०७६ यहि मिति २०७६/०५/२२ का दिन विभिन्न कार्यक्रमका साथ सम्पन्न .....

 

, , , , , , , , , , , , , , , , ,

यस नगरपालिकाको आर्थिक बर्ष २०७६/७७ को बजेट तर्जुमा गर्ने प्रयोजनका लागि मिति २०७६/०१/२० मा प्रमुख ज्युको समुपस्थितिमा प्रि-बजेट सम्बन्धमा छलफल गरियो । नगरपालिकाको सबै शाखा-प्रमुख समेतको उपस्थिति रहेको उक्त बैठकमा शाखागत रुपमा आ-आफ्ना शाखाको हालसम्मका प्रगति र संचालनको अवस्था प्रस्तुत भयो । कस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने,कस्ता कार्यक्रमलाई संशोधन गर्ने,थपघट गर्ने भन्ने सन्दर्भमा व्यापक छलफल गरियो । यथासंभव जनताको पक्षमा बढी सहभागिता हुने,दिगो बिकास गर्ने ,रोजगारी सिर्जना गर्ने ,योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने सन्दर्भमा पनि बृहत छलफल  गरियो र बजेट यही ढंगले निर्माण गर्ने तहमा मार्गदर्शनले गरेको व्यवस्था बमोजिम कार्यतालिका निर्माण गरि जनताको आँगनमा नगरपालिका कार्यक्रम सम्पन्न भइसकेको सन्दर्भमा  यस कार्यक्रममा व्यक्त भएका विचार,भावनाहरुलाई  पृष्ठपोषण रुपमा ग्रहण गर्दै थप कामहरु अगाडी  बढाउने सन्दर्भमा छलफल गरियो ।   

आर्थिक बर्ष २०७६/७७ का लागि प्रि-बजेट छलफल

Pages