FAQs Complain Problems

फोटो ग्यालरी

पनौती नगरपालिका क्षेत्रभित्र सि.आर. एस.नेपालद्वारा भूकम्प प्रभावितलाई पुर्याएको सहयोग, खानेपानीका क्षेत्रमा प्राप्त भएका सहयाेग बारे सी.आर.एस.का एशिया रिजनल डिरेक्टर मार्क डि सिल्भा,ह्युमन इनिसेटिभ(Human Initiative)का विपद् व्यस्थापन म्यानेजर डेनि कुर्निअवन, सेल्टर टेक्निकल एड्भाइजर एरियल सादुराल,HRRP का राष्ट्रिय संयोजक मिनार थापा मगर,कारितास नेपालका तर्फबाट मनिन्द्र मल्ल,लुमन्ती नेपाल,RANS,SJASK लगायतका संस्थाहरूबाट विभिन्न मुलुकका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधि र यस नगरपालिका प्रमूख श्री भीम न्यौपाने तथा वरिष्ठ प्रशासकीय अधिकृत श्री इन्द्र प्रसाद अधिकारी लगायतका कर्मचारी बीचमा अन्तरक्रियात्मक कार्यक्रमका साथै उहाँहरुको सम्मान स्वरुप नगरपालिकाद्वारा स्वागत कार्यक्रम पनि आज मिति २०७८/०८/१२ मा आयोजना गरिएको छ ।

थप तस्बिरका लागि यहाँ क्लिक गर्नुहोस !!

, ,

“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ पनौती नगरपालिकाद्वारा आयोजित ३ दिने १२ औं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता यस नगर क्षेत्र अन्तर्गत २३ वटा विद्यालयका खेलाडीहरु संलग्न भई १५ ओटा विभिन्न विधामा क्षात्रा तथा क्षात्र गरि ३० समुहमा विभाजित भई सुरु भएको उक्त प्रतियोगितात्मक कार्यक्रममा पनौती अंग्रेजी माध्यमिक विद्यालय प्रथम, सिद्दार्थ बनस्थली मा.वि दित्तिय र मल्पी इन्टरनेशनल बोर्डिंग तित्तीय भई अन्य विद्यालयले विभिन्न शिल्ड तथा पदकहरु प्राप्त गरि भव्य रुपमा प्रतियोगिता सम्पन्न भएको छ । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई पनौती नगरपालिका विशेष बधाई तथा शुभकामना व्यक्त गर्दछ । थप तस्विरहरु

, , ,

पनौती नगरपालिका कृषि तथा पशुपंक्षी शाखाको आयोजनामा "भैंसी सम्रक्षण,सम्वर्द्दन र अनुवांशिक सम्रक्षणका लागि पनौती न.पाको अभियान" भन्ने मूल नाराका साथ १ न. वडा देखि १२ न. वडा सम्म गरेर ३०० वटा भैंसी कृषकहरुलाई वितरण गरि सो कार्यक्रम औपचारिक रुपमा आज समापन गरियो । थप झलकहरु

, , , ,

Pages