FAQs Complain Problems

१२ बर्षे मकर मेलाको तिब्र तयारीमा जुट्दै पनौती नगरपालिका

क.पनौती नगरपालिकाको त्रिबेणी क्षेत्रमा लाग्ने १२ बर्षे मकर मेलालाई व्यवस्थित एवं प्रभावकारी रुपमा सम्पन्न गर्न २०७८/०७/२५ को नगर कार्यपालिकाको निर्णायानुसार गठित मकर मेला मूल व्यवस्थापन समितिको बैठक मिति २०७८/०७/३० गतेका दिन मूल व्यवस्थापन समिति एवंम् प्रमुख भिम न्यौपाने ज्यूको अध्यक्षतामा नगरपालिकाको हलमा सम्पन्न भएको छ । बैठकले देहाय बमोजिमको समिति गठन गर्ने निर्णय सहित समितिलाई आफ्ना विषय क्षेत्रका आधारमा संयोजक तोक्ने,सचिव कार्यालयका कर्मचारी मध्येबाट र बांकी ५ सदस्य मूल अनुगमन समितिले विषय क्षेत्र तोक्ने व्यवस्था गरेको छ ।

  1. पुजा आजा
  2. प्रदर्शनी
  3. यातायात
  4. सरसफाई
  5. सांस्कृतिक
  6. प्रचार /प्रसार
  7. सजावट
  8. सूचना तथा खोज उद्दार
  9. स्वास्थ्य
  10. स्वयम् सेवक परिचालन
  11. अतिथि सत्कार
  12. मुल्य निर्धारण तथा बजार अनुगमन
  13. आवास व्यवस्थापन
  14. सुरक्षा व्यवस्था
  15. स्नान व्यवस्था
  16. सडक बत्ति व्यवस्था
  17. खानेपानी व्यवस्था

विषयगत समितिले विषयक्षेत्रका आधारमा थप संघ संस्था व्यक्तिलाई आमन्त्रण गर्न सक्ने व्यवस्था समेत गरेको छ ।

 विषयगत समितिको कार्य निम्नानुसार हुनेछ ।

  1. क्षेत्रगत कार्यको योजना तर्जुमा
  2. कार्यान्वयनको प्रभावकारी ढांचा
  3. कार्यान्वयन र कार्यान्वयनको लागि आवश्यकता अनुसार सचिवालयलाई सिफारिश गर्ने

ख. मूल व्यवस्थापन समितिले देहायका पदाधिकारी रहनुभएको अनुगमन समिति गठन गरिएको छ ।

प्रमुख मूल व्यवस्थापन समिति संयोजक - संयोजक

उप-प्रमुख मूल व्यवस्थापन समिति सदस्य – सदस्य

प्रमुख प्रशासकीय अधिकृत मूल व्यवस्थापन समिति सदस्य –सदस्य

सचिवालय संयोजक –सदस्य

विशिष्ट आमन्त्रित सल्लाहकार मध्येबाट २ जना –सदस्य

मूल व्यवस्थापन समिति सदस्य मध्येबाट१ जना –सदस्य

विषयगत समिति संयोजकहरु मध्येबाट २ जना –सदस्य

ग.देहायका पदाधिकारीहरु रहेको ९ सदस्यीय मूल व्यवस्थापन समितिले सचिवालय गठन भएको छ ।

संयोजक- बरिष्ठ प्रसाशकिय अधिकृत श्री इन्द्र प्रसाद अधिकारी

 सदस्य- योजना शाखा प्रमुख श्री इ.प्रेम कुमार सोनाम

सदस्य- लेखा अधिकृत श्री कृष्ण प्रसाद सैंजू

सदस्य- श्री इ.प्रदिप बस्नेत

सदस्य-कर साहायक श्री लक्ष्मण मतान्छे

सदस्य- नायब सुब्बा श्री तिर्थ भक्त स्याउला

सदस्य- वडा सचिब श्री राजेन्द्र सापकोटा

सदस्य- वडा सचिब श्री रोशन श्रेष्ठ

सदस्य- खरिदार श्री केशब कर्माचार्य

समितिको कार्य देहाय बमोजिम हुनेछ

  1. कर्मचारी परिचालन गर्ने / जिम्मेवारी तोक्ने
  2. कर दस्तुर उठाउने
  3. कर टोलि खटाउने
  4. विभिन्न कामको लागि अनुमति दिने
  5. स्वयमसेबक आचार संहिता स्वीकृत गर्ने
  6. स्वयमसेबक परिचालन गर्ने
  7. बजार अनुगमनको ब्यबस्था मिलाउने
  8. विभिन्न निकाय संग सहयोगको लागि अनुरोध गर्ने
  9. बिषयगत समितिको सिफारिश कार्यान्वयन गर्ने
  10. विभिन्न किसिमको सार्बजनिक सुचना जारि गर्ने लगायत मूल ब्यबस्थापन समिति बिशिष्ठ आमन्त्रित सल्लाहकार र अनुगमन समितिले निर्णय गरेका /मार्गदर्शन गरेका बिषय उपर कार्यान्वयनको ब्यबस्था मिलाउने
  11. सम्झौता गरि कार्यान्वयन गरिएका कार्यक्रमको आगामी कार्यपालिका बैठकमा अनुमोदनका लागि पेश गर्ने

घ.मकर मेला २०७८-को लागि निम्न नारा तय भएको छ ।

"पुर्खाको पौरख, पनौतीको गौरब

१२ बर्षे मकर मेला हामी सबको वैभव "