FAQs Complain Problems

सातौँ नगर सभा

मिति २०७७/०३/१० गतेदेखि सुचारु भएको पनौती नगरपालिकाको सातौं नगर सभाको दोस्रो दिन मिति २०७७/०३/११ मा सम्पन्न भएको छ । पहिलो बैठकमा नगर प्रमुख श्री भिम न्यौपाने ज्यूले सभा समक्ष प्रस्तुत गर्नुभएको आगामी बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम, उप-प्रमुख श्री गीता बन्जारा ज्यूले प्रस्तुत गर्नु भएको विनियोजन विधयेक तथा नगर सभासद ज्यूहरुले प्रस्तुत गर्नुभएको विभिन्न सार्बजानिक महत्व तथा बिशेष प्रस्ताबहरुको बिषयमा दोस्रो दिन सातौं नगर सभाको दोस्रो बैठकमा सभासदस्य ज्यूहरुले छलफलमा भाग लिनु भई आफ्नो बिचार प्रस्तुत गर्नु भएको थियो । निर्धारित कार्यसुची अनुसार सभामा आगामी बर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम माथि सभामा छलफल तथा सभा सदस्य ज्यूहरुले राख्नु भएको जिज्ञासा माथि प्रष्ट पार्दै नगर प्रमुख ज्यूले निर्णयार्थ पेश गरी मत विभाजन गर्दा नीति तथा कार्यक्रम सर्बसम्मतले पाश भएको हो। त्यसै गरि सभामा प्रस्तुत भएको आर्थिक बिधयेक ,बिनियोजन विधयेक, आगामी बर्षको बजेट लगायत १४ वटा बिभिन्न सार्बजानिक महत्व तथा बिशेष प्रस्ताब उपर छलफलमा भाग लिनुभएका सभासदस्यज्यूहरुले राख्नुभएका जिज्ञासाको बारेमा प्रष्ट पार्दै सभामा निर्णायार्थ प्रस्तुत गरि सर्बसम्मतिले पारित गरिएको थियो । साथै अन्त्यमा पहिलो बैठकमा प्रस्तुत भएको धन्यबाद प्रस्ताब सर्बसम्मतिले पारित गर्दै सातौं नगर सभा सम्पन्न गर्न सहयोग गर्नुहुने नगरसभा सदस्य ज्यूहरु ,कर्मचारी साथिहरु,पत्रकार मित्रहरु लगायत सम्बद्द सम्पूर्णमा नगर प्रमुख ज्यूले धन्यबाद व्यक्त गर्दै पनौती नगरपालिकाको सातौं नगर सभा सहौर्दपूर्ण रुपमा सम्पन्न भएको छ ।