FAQs Complain Problems

निर्माणाधीन पनौती क्षेत्रिय रंगशालाको जग्गा विवाद अन्त्य !!

पनौती नगरपालिकाको बहुप्रतिष्ठित क्षेत्र स्तरको रंगशालाको निर्माण लामो समयदेखि गतिहिन अवस्थामा रहेको थियो । व्यक्तिको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा कानुन बमोजिम प्राप्त नगरेसम्म त्यसतर्फ निर्माण कार्य गर्न नसकिने कानुनी अर्चनका कारण हामीले यो परिस्थिति भोग्न बाध्य भयौं । आज समग्र पनौती नगरवासी,जिल्ला र केन्द्र सरकारकालागि खुसीको दिन जहाँ केन्द्र सरकारकारले विधिबत रुपमा योजना स्वीकृत गरि संचालनमा रहेको रंगशाला अहिले एउटा गति लिएर अगाडि बढ्दै छ।आज मात्रै जग्गाको स्वामित्व कायम भएका कंडेल परिवारका आदरणीय व्यक्तित्वहरुले नगरपालिकासंग आपसी सम्बादको माध्यमबाट न्युनतम क्षतिपूर्तिको रकम प्राप्त गरी विधिवत रुपमा जग्गा लिखत पारित गरिदिनु भएको छ । हामि सम्पूर्ण कंडेल परिवारमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।साथै सम्पूर्ण खेलप्रेमी व्यक्तित्वहरुलाई यो खुसि साटासाट गर्न र रंगशालाको निर्माण कार्यमा एउटा सचेत नागरिकको निगरानी सम्मको भूमिका निर्वाह गरेर यो संरचनाको अधिकतम उपयोग गरेर लाभ प्राप्त गर्न हामि हार्दिकता पुर्वक निवेदन गर्न चाहन्छौं र यो कार्यमा सहजताको लागि असाध्यै मिहेनत गर्ने सम्पूर्ण पक्षधर प्रति नगरपालिका आभार व्यक्त गर्न चाहन्छ।