FAQs Complain Problems

महा भूकम्प सम्बन्धी नगरपालिकाले गरेका महत्वपूर्ण निर्णयहरु

  • यही बैशाख १२ गते शनिबार र बैशाख २९ गते मंगलबार  आएको अकल्पनीय महा भू–कम्पले पुर्याएको जनधनको क्षतिका साथै पुरातात्विक महत्वका सम्पदा नष्ट गराएको दुःखद घटनाबाट पनौती नगरपालिका पनि मर्माहत भएको छ ।यस दुःखद घटनामा मृतकहरुको आत्माको चीर शान्तिको कामना सहित मृतक परिवारका आफन्तहरुमा समवेदना व्यक्त गर्दछौ । यसैगरी घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको  पनि  कामना गर्दछौ । यसै सन्दर्भमा पनौती नगरपालिकाले गरेका निर्णयहरु यस प्रकार छन् ।
  • यस्तो दुखत घडीमा सहयोग पुर्याउनका लागि कार्यकारी अधिकृत श्री इन्दिरा थापाको संयोजकत्वमा नगरस्तरीय समिति गठन जसमा राजनीतिक दलहरु,सहकारी संस्थाका प्रतिनिधिहरु लगायत स्थानिय प्रहरी चौकी,पनौती सदस्य रहेका छन् ।
  • जिल्लाबाट प्राप्तरु ४० हजारको राहत मृतक स्विकृती के.सीको परिवारलाई वितरण र अन्य मृतक परिवारलाई आफ्नो राहत लिन नगरपालिकामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
  • भूकम्पबाट ज्यान गुमाउने पनौती बासीको परिवारलाई नगरपालिकाले थप रु ५००० दिने घोषणा र सो रकम लिन नगरपालिकामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
  • संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयबाट जारि भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत संचालन कार्यविधि २०७२ बमोजिम प्राप्त रु २६ लाखको अख्तियारी अनुसार बास गुमाएकालाई अस्थाई बसोबासकालाई सहयोग स्वरूप जस्ता खरिद गरिदिने निर्णय ।
  • उद्दार टोली बस्ती-बस्तीमा खटिएको छ जसले क्षेतिग्रस्त संरचनाको अवस्था निरीक्षण गरी आवश्यक परामर्श दिने लगायत तथ्यांक संकलनमा मदत गर्दछ ।
  • स्वास्थ्य संस्था मार्फत भूकम्प प्रभावित सबै समुदायमा स्वास्थ्य शिक्षा र परामर्शका लागि टोली खटिएको छ ।
  • राहत सहयोग स्वरूप शिखर प्लाई पनौती-२ बाट रु १ लाख, काभ्रे मिनिबस सेवा समितिबाट रु ५० हजार, भण्डारीगाउँ खानेपानी समितिबाट रु १० हजार र स्नोमेन विनरी प्रा.लिबाटरु २५०० दिने घोषणा ।
  • यसका साथै,विभिन्न संघ संस्था, नागरिक समाज तथा अन्य माध्यमबाट आएको राहत आआफ्नो वडाबाट लिनुहुन अनुरोध गरिन्छ ।