FAQs Complain Problems

मिति २०७७/०२/०२ को कोरोनाना भाइरस(COVID-19) र राहत वितरण सम्बन्धि दैनिक प्रतिवेदन

COVID-19 का कारण असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराईएको राहत वितरणका लागि पनौती नगरपालिकाले संचालन गरेको फुड बैंकमा विभीन्न संघ संस्था तथा महानुभावहरु र नगरपालिका बाट खरिद गरि मौज्दात रहेको राहत सामाग्री नगरपालिकाको मापदण्ड अनुशार सबै वडाहरुमा १५/१५ प्याकेटको दरले र वडा नं ७ मा २० प्याकेट गरि जम्मा १८५ राहत प्याकेट आज मिति २०७७/०२/०२ गते वितरण गरियो । साथै पनौती नगरपालिकाद्वारा मानेश्वरी बसपार्कमा संचालनमा रहेको हेल्प डेस्कमा ४४ जनाको स्वास्थ्य परिक्षण पनि गरिएको छ । त्पसै गरि पनौती स्वास्थ्य चौकीमा २ जनाकोको RDT गरिएको र दुवै जनाको रिपोर्ट नेगेटिभ आएको व्यहोरा पनि जानकारी गराउँदछौं । तस्बिरका लागि यहाँ क्लिक गर्नुहोस!