पनौती नगरपालिका द्वारा निर्मित लज्जावती सहिद पार्कको उद्घाटन माननीय संचार तथा सूचना प्रविधि मन्त्री श्री गोकुल प्रसाद बास्कोटा ज्यूले मिति २०७५/०३/०९ गते बिहान गर्नु भयको छ। भब्य रुपमा संचालित उक्त उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्र तथा निकायका बिशिस्ट ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।कार्यक्रमका केहि झलकहरु तल प्रस्तुत गरिएको छ :-
समाचार :
Photo Gallery
पनौति नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम र बजेट ०७५/०३/२७ गते तेश्रो नगरसभा मार्फत सार्वजनिक गरेको छ ।३ दिन सम्म चलेको उक्त नगरसभामा नगर प्रमुख भिम न्यौपाने ज्यूले नीति तथा कार्यक्रम र उप–प्रमुख गीता बञ्जारा ज्यूले बजेट प्रस्तुत गरेका हुन् । नगरसभामा उप–प्रमुख बञ्जारा ज्यूले आ.व. २९७५।७६ का लागि कूल बजेट ९८ करोड ६१ लाख ४९ हजारको बजेट विनियोजन गरिएको छ ।नगरले क्षेत्रगत बजेट विनियोजनको विवरण समेत सार्वजनिक गरेको छ । जसमा आर्थिक विकास तर्फ रु. ४ करोड ५६ लाख, सामाजिक विकास तर्फ रु. ११ करोड ९९ लाख ५१ हजार, पूर्वाधार विकास तर्फ रु. ३१ करोड ३३ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु २ करोड ८३ लाख ५० हजार विनियोजन गरिएको छ ।तेस्रो नगरसभामा आर्थिक वर्ष २०७४।०७५को योजना कार्यन्वयनको समेत समिक्षा भएको थियो ।