Important Decisions
   Partner Organizations
   Awareness Campaign
   Gallery
   Cooperative Organizations
   Religion And Culture
   Transportation And Communation
 
 

Mayor

Deputy Mayor
Rajesh Panthi
Executive Officer
 
  नितिगत निर्णय  
     

  • सार्वजनिक निर्माण खर्च शिर्षकबाट खर्च गर्ने गरी क्रमागत योजनाहरु (अनुसुची १ बमोजिमका) लाई निरन्तर दिने गरि स्वीकृत गर्ने निर्माण गरियो।
  • नगरपालिकाको प्रमुख श्रोतको रुपमा रहेको स्थानीय विकास शुल्क लामो समयदेखि एउटै दरमा रहेकोमा यस वर्ष उक्त रकम खर्च शिर्षक तोकि केहि थप रकम प्राप्त भएकोमा रकम खर्च गर्ने सम्बन्धि निर्देशिकामा सो रकम समेत पुँजीगत खर्चमा समावेश गरी को ले नी का मार्फत निकासा दिनेगरी भएको व्यवस्थाले नगरपालिकाको प्रशासनिक खर्च लगाएत वित्तिय स्वायत्ततामा कटिनाई उत्पन्न भएको साथै प्रशासनिक खर्चको भार बढेका तुलनामा प्रशासन अनुदान समेत थप गर्ने व्यवस्था नभएवाट नगरपालिकाको दैनिक प्रशासनिक कामकाज प्रभाहित भई अत्यावश्यक शहरी सेवा सुविधा प्रवाहमा अवरोध पुग्न जाने देखिएकोले तत्काल सोको निराकरणका लागि आवश्यक नितिगत गरिदिने नेपाल सरकार स्थानीय विकास मन्त्रालयसंग अनुरोध गर्ने निर्णय गरियो।
  • यस नगरपालिका क्षेत्रभित्र संचालनमा रहेका प्राथमिक स्वास्थय केन्द्रको सेवा प्रवाहमा थप वृद्धि गर्न आवश्यक जनशक्ति, बजेट लगायत अत्यावशयक औषधि उपकरणको व्यवस्था गरिदिनका साथै सामुदायिक अस्पतालको पूर्वाधार निर्माण, क्षमता विकास, आकस्मिक सेवा संचालन गर्न उपयुक्त गर्न वातावरण निर्माणका लागि नेपाल सरकार स्वास्थय तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो।
  • यस नगरपालिका क्षेत्रको पनौती बजारका निश्चित क्षेत्रहरु धार्मिक पुरातात्विक प्राचिन सम्पदाको पर्याप्तताले विश्व सम्पदा सूचीमा प्रस्तावित भएकोमा हालसम्स उक्त प्रस्ताव कार्यन्वयन नभइसकेकोले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि नेपाल सरकार मार्फत युनेस्कोमा अनुरोध गर्ने निर्णय गरियो।
  • विश्व सम्पदा सूचीमा प्रस्तावित संरक्षित स्मारक क्षेत्र भित्र रहेका यस पनौती नगरपालिका भित्रका निश्चित भागहरुमा स्मारक क्षेत्रको विकास एंव संरक्षणका लागि बिशेष योजना सहितको कार्यक्रम संचालन गरिदिन पुरातत्व विभागसंग अनुरोध गर्ने निर्णय गरियो।
  • यस नगरपालिका धार्मिक पुरातात्विक एवं पर्यटकिय दृष्टिले भ्रमण योग्य स्थानका रुपमा रहेकोले पर्यटन विकासको पर्याप्त संभावनालाई दृष्टिगत गरि नगरका विभिन्न भागमा भ्यू टावर, पिकनिक स्पोट लगायत सम्पदा संरक्षणका लागि कार्यक्रमिक सहयोग उपलब्ध गराइ दिन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, तारागाउँ विकास समिति एवं पुरातत्व विभागमा अनुरोध गर्ने निर्णय गरियो।
  • यस नगरपालिकाको पनौती बजार स्थित त्रिवेणीघाट क्षेत्रमा हरेक १२ बर्षमा लाग्ने ऐतिहासिक एवं धार्मिक महत्वको १२ वर्षे मकरमेला आगामी ०६६ माघ महिनाभर लाग्ने हुँदा उक्त मेला भर्न देश तथा विदेशबाट समेत हजारौको संख्यामा तिर्थालुहरु आउने हुँदा मेलालाई ब्यवस्थित एवं सुविधायुक्त बनाउन केहि पुर्वाधार निर्माण प्रारम्भ भइसकेको छ, तथापी नगरपालिकाको आन्तरिक क्षमताले मात्र अत्यावश्यक कार्य सम्पन्न हुन नसक्ने हुँदा पनौती बनेपा सडकलाई चौंडा बनाउने, त्रिवेणीघाट क्षेत्रको पुण्यमातामाथीको जिर्ण झोलुङ्गेपुललाई पूननिर्माण गर्ने, पनौती महेन्द्रज्योती, भैसेपाटी सडकमा कालोपत्र गर्ने, पनौती कुशादेवी, लुभु ग्वाको सडक विस्तार एवं पक्की बनाउने, पनौती नमोबुद्ध सडक पक्की गर्ने एवं पनौती क्षत्रमा पर्याप्त खानेपानीको आपूर्ति लगायतका कार्यहरु समयमै सम्पन्न गरिदिन सम्बन्धित निकायहरुमा अनुरोध गर्ने निर्णय गरियो।
  • सहस्राब्दी विकास लक्ष्यलाई स्थानीयकरण गरी गरिवी न्यूनिकरण कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न गरिव मैत्री वातावरणको सृजना गरी पहिचान गरीएका निश्चित समुदायबाट प्राप्त तथ्याङ्कका आधारमा गरिवी प्रोफाईल लगायत प्रोफाईल बमोजिम तर्जूमा भएको शहरी गरिवी नयूनिकरण रणनीतिका आधारमा त्यस्ता बस्तीहरुमा आर्थिक सामाजिक लगायत पूर्वाधारका क्षेत्रमा नगरपालिका बोर्डले तय गरे बमोजिमका उपयुक्त कार्यक्रम संचालन गर्ने निर्णय गरियो।
  • नगरपालिका स्थापना दिवसका रुपमा माघ ११ लाई विशेष कार्यक्रम साथ मनाउने उक्त दिन जेष्ठ नागरिक सम्मान छात्रावृति वितरण, अन्धा अपाङ्ग सहयोग स्वयंसेविका प्रोत्सान लगायतका कार्यक्रमलाई समावेश गर्ने निर्णय गरियो।
  • संस्थागत तथा मानव संशाधन बिकास तालीम अन्तर्गत संगठन प्रणाली सुधार एवं विधमान सांगठनिक संरचना लगायत दरवन्दी समेत पुनरावलोकन भई सोहि आधारमा प्रस्तावित सांगठनिक संरचना गत वर्ष स्वीकृत भइसकेकोले सोही स्वीकृत संगठन संरचनाका आधारमा सविक बमोजिमको दरबन्दीमा थपघट हेरफेर एवं समायोजन समेत गरी देहाय बमोजिमको दरबन्दी विबरण एवं शाखागत दरबन्दी वितरण स्वीकृत गर्ने निर्णय गरियो। साथै स्वीकृत दरबन्दी बमोजिम नगरपालिका कार्यालयले पदपूर्ति सम्बन्धी कार्य क्रमश: कार्यान्वयन गर्दै जाने व्यवस्था मिलाउने निर्णय गरियो।
(क) नगरपालिकाको मुख्य (core) दरबन्दी तर्फ:
क्र.सं शाखा, उपशाखा तथा इकाई तह सेवा पद कायम गरिएको दरवन्दी संख्या कैफियत
  कार्यकारी अधिकृत रा.प.तृतीय प्रशासन कार्यकारी अधिकृत

 

नेपाल सरकारको दरबन्दी
प्रशासन शाखा अधिकृत छैंठौ प्रशासन प्रशासकिय अधिकृत  
सहायक चौंथो प्रशासन खरिदार  
सहायक तेस्रो प्राविधिक कम्प्युटर मुखिया टाईपिष्ट मुखियाबाट
१.१ पंजिकरण इकाई सहायक चौथो प्रशासन पंजिकाधिकारी नेपाल सरकारको दरबन्दी
१.२ पंजिकरण इकाई सहायक चौथो प्रशासन खरिदार  
१.३ वडा सचिवहरु सहायक चौथो प्रशासन वडा सचिव वडा नं. १०. ११
सहायक तेस्रो प्रशासन मुखिया  
सहायक दोस्रो प्रशासन बहिदार  
आर्थिक प्रशासन शाखा सहायक पाचौं प्रशासन लेखापाल  
सहायक चौथो प्रशासन सहलेखापाz  
२.१ कर उपशाखा सहायक पाचौं प्रशासन कर सहायक  
सहायक चौथो प्रशासन खरिदार  
सहायक तेस्रो प्रशासन मुखिया  
२.२ जिन्सि उपशाखा सहायक चौथो प्रशासन खरिदार  
शहरी विकास तथा योजना शाखा अधिकृत छैंठौ प्राविधिक इन्जिनियर (सिभिल)  
सहायक पाचौं प्राविधिक सव इन्जिनियर (सिभिल)  
सहायक चौथो प्राविधिक अ.सव इन्जिनियर (सिभिल)  
३.१ घर नक्सा उपशाखा सहायक पाचौं प्राविधिक सव इन्जिनियर  
सहायक चौथो प्राविधिक अमिन  
सहायक तेस्रो प्राविधिक नगर निरीक्षक  
३.२ खानेपानी तथा विद्युत इकाई सहायक चौथो प्रशासन खरिदार  
सहायक तेस्रो प्राविधिक इलेक्ट्रिसियन  
सामाजिक विकास शाखा सहायक पाचौं प्रशासन सामुदायिक विकास समुह  
  सहायक पहिलो प्राविधिक नगर निरिक्षक  
आन्तरिक लेखा परिक्षक शाखा सहायक पाचौं प्रशासन लेखापाल  
जम्मा ३८  
  •  कुनियर इन्जिनियर र सव. ओभरसियरको पद नाम परिवर्तन गरी तसै बमोजिम सव. इन्जिनियर र असिष्टेन्ट सव. इन्जिनियरको पद नाम कायम गरिएको छ।
  •  नगर निरीक्षक पहिलो तहको पद प्राविधिक सेवा तर्फ रहेकोले उक्त पद तहलाई मुख्य दरबन्दी तर्फ कायम गरिएको छ।
(ख) नगरपालिकाको (Non Core) सहयोगी दरबन्दी तर्फ:
सि.न. तह सेवा पद नाम कायम गरिएको दरबन्दी संख्या कैफियत
सहायक पहिलो प्राविधिक हलुका सवारी चालक  
प्रशासन कार्यालय सहयोगी  
प्रशासन कुचिकार  
नोट: सहायक पहिलो तहको पियन पदलाई कार्यालय सहयोगी पद नाम कायम गरीएको छ।
(ग) शहरी तथा वातावरणीय सुधार परियोजना कार्यान्वयन इकाइ पनौतिको साविक बमोजिमको अस्थायी देरबन्दी यथावत कायम राखिएको छ।
(घ) नगरपालिकाको मुख्य दरबन्दी तर्फ सि.न. १ को प्रशासन शाखामा व्यवस्था भएको प्रशासनिक अधिकृत पदमा कार्यालयले आवश्यक प्रकृया पुरा गरी पदपुर्ती नगरेसम्म साविक बमोजिम कायम रहेको ना.सु पद स्वत: खारेज हुनेछ।
  • यस नगरपालिका क्षेत्रको विकासका लागी निम्न योजनाहरुलाई केन्दीय एवं जिल्ला स्तरको योजनाको रुपमा छनौट गरी उक्त योजनाहरुलाई केन्द्र तथा जिल्ला स्तरमा समावेश गरि आवश्यक बजेट व्यवस्था गरिदिन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरियो।
केन्दीयस्तरको योजनाहरु
क) नमोबुद्ध ( पनौति ( लुभु- लामाटार ( ग्वार्को बाटोमा पक्कि नाली तथा कालोपत्रे गर्ने कार्य)
ख) त्रिवेणी घाट तल रोशीखोलामा पक्की पुल निर्माण कार्य ( सो क्षेत्रमा यस नगरपालिकाको व्यवस्थित बसपार्क निर्माण गर्ने र पनौती वरिपरिको सडकहरुलाई एक तर्फि सडकको रुपमा सञ्चालन गर्ने लक्ष्य रहेकोले पक्कि पुल निर्माण अत्यावश्यक देखिएको)
ग) पनौति ( खोपासी मोटरबाटोमा पक्की नाली तथा कालोपत्रे गर्ने कार्य)
घ) शारदा देवीस्थान पिकनिक स्पट र भ्यू टावर निर्माण गर्ने कार्य )
ङ) पनौति ( मल्पी- भूमिडाडा ( ललितपुर लेले सडकमा पक्कि नाली तथा कालोपत्रे गर्ने कार्य।
च)महेन्द्रज्योती- भैसेपाटी सडकमा पक्कि नाली तथा कालोपत्रे गर्ने कार्य।
छ)खड्पु (श्रीखण्डपुर) - चौकोट- बतासे- काभ्रे भञ्ज्याङ सडकमा पक्कि नाली तथा कालोपत्रे गर्ने कार्य।
ज) पनौतिमा एक छुट्टै सुविधासम्पन्न अस्पताल निर्माण गर्ने कार्य।
झ) खेलकुद स्टेडियम निर्माण कार्य।
जिल्लास्तरको योजनाहरु

क) पनौति नगरपालिका र छिमेकि गा.वि.स समेटिने गरी चक्रपथ निर्माण कार्य।

ख) सुब्बागाउँ- चौकोट- धुलिखेल मोटरवाटोमा ग्राभेल गर्ने तथा नाली  निर्माण कार्य।
ग) खोपासी- पस्थली- नौविसे- बतासे मोटरवाटोमा ग्राभेल गर्ने तथा नाली  निर्माण कार्य।
घ) मल्पी तिपचोक मोटरबाटो निर्माण कार्य।
ङ) वडा नं १० को सुन्थान नागेचौर खेलकुद मैदान निर्माण कार्य। 
च) गणेशस्थान देवीस्थान शारदा बतासे आर.टि.ओ सडकसम्म निर्माण कार्य।
छ) इन्देश्वर उ.मा.वि. देखि पिपलवोट हुदैँ कुशादेवि थापागाउँ मोटरवाटो निर्माण कार्य।
ज) वडा न. १० थाक्लेचौर झोलुङ्गे पुल निर्माण कार्य।
  • यस नगरपालिका क्षेत्रको पुर्वाधार विकास लगायत सरसफाई गर्ने कार्यका लागी उपकरणको अभाव रहेकोले सहयोग स्वरुप ट्रिपर लोडर एक एक थान उपलब्ध गराईदिन स्थानीय पूर्वाधार विकास तथा कषि सडक विभागमा अनुरोध गर्ने निर्णय गरियो।
  • खर्च शिर्षक सार्वजनिक निर्माण खर्चमा विनियोजित बजेटवाट योजना सञ्चालन गर्दा देहाय अनुसार गर्ने निर्णय गरीयो।
क) वडास्तरिय योजनाहरुको लागि विनियोजन गरियको रकम वडा भेला मार्फत प्राप्त भएका योजनाहरु प्राथमिकताको आधारमा नगरपालिका बोर्डबाट छनौट गरि उपभोक्ता समिति मार्फत सञ्चालन गर्न प्राथमिकता दिने।
ख) नगरपालिका सडकमा विनियोजन गरियको रकम नगरपालिकाका बोर्डले छनौट गरि योजनाहरु सञ्चालनमा रकम खर्च गर्ने
ग) जनसहभागिता आधारित योजनाहरुमा विनियोजन भएको खर्च गर्दा योजना ३०:७० को अनुपातमा नगद सहभागिताको आधारमा नगरपालिकाको बोर्दले योजनाहरु छनौट गरि सो अनुसारको योजनामाट रकम खर्च गर्ने।
घ) बसपार्क व्यवस्थापन कार्यको विनियोजन भएको रकम हाल सञ्चालनमा रहेको पनौति बसपार्क विस्तार गर्ने क्रममा अव्यवस्थित रुपमा रहेको संरचना हटाउन क्षतिपूर्ति दिन आवस्यक भयएमा सोको लागि क्षतिपूर्ति समितिले सिफारिश गरेको आधारमा नगरपालिका बोर्डवाट तोके बमोजिममा रकम खर्च गर्ने।
  • चालु आ.व. २०६५/०६६ मा भवन निर्मान खर्च शिर्षक अन्तर्गतको नगरपालिका भवन निर्माणमा रु. २८०४००००/- को योजना स्वीकृत गरि सोको लागि चालु सपिङ्ग कम्प्लेक्स भवन पुन: निर्माण गर्न चालु आ.व. मारु ३४,००,०००/-मात्र रकम विनियोजन  गर्ने निर्णय गरियो।
  • सर्वदलिय संयन्त्रको सिफारिशको आधारमा नगरपालिका बोर्डको अधिकार प्रयोग गरि निम्न मितिमा भएको निर्यण अनुमोदन गर्ने निर्णय गरियो।
क्र.सं निर्णय मिति निर्णय नं निर्णयको संक्षिप्त ब्यहोरा
०६४।०५।१९ ०१ Udle /Gtz को सहयोगमा शहरी गरिवि न्यूनिकरण कार्यक्रम संचालनको लागी रु. ६,७६,०००/- को आर्थिक प्रस्ताव स्वीकृती।
०६४।०५।२६ ०२ आश भुजेललाई सरसफाई खर्च वृद्धि।
 
०६४।०५।२६ ०३ इन्जिनियर प्रेमकुमार सोनामलाई UEIP PIU मा समेत कागजात गर्ने गरी अतरिक्त भत्ता उपलब्ध गराउने।
०६४।०६।१९ ०४ UEIP PIU मार्फत जग्गा विकास कार्यक्रम लागु गर्न पुर्व प्रस्तावित क्षेत्र परिवर्तन।
०६४।०६।२९ ०२ सडक बोर्डसंगको साझेदारमा सडक रिग्रावरलिङ गर्न योजना स्वीकृती।
०६४।०९।२९ ०५ नगरपालिका सडकमा विनियोजन बजेटको बाँडफाँड
०६४।०९।२९ ०९ ढल प्रशोधन केन्द्रको लागी स्थानीय विकास मन्त्रालय कगेडा कोषसंग योजना माग गर्ने सम्बन्धि।
०६४।०९।३० ०४ नगरपालिका क्षेत्र चक्रपथ निर्माण योजना संचालनका लागि स्थानिय विकास मन्त्रालय जगेडा कोषसंग योजना माग गर्ने सम्बन्धि।
०६४।११।१३ ०१ सडक मापदन्ड परिर्वतन गर्ने सम्बन्धि।
१० ०६४।११।१३ ०२ निजि प्रयासबाट जग्गा प्लानिङ्ग कार्य गर्नेका हकमा सडक मापदण्ड  लागु गर्ने सम्बन्धि।
११ ०६५।०१।२२ ०६ पनौति बनेपा सडकको मापदण्ड एवं घर निर्माण सम्बन्धि।
१२ ०६५।०२।१९ ०१ Udle/Gtz को सहयोगमा संचालित शहरी गरिवि न्युनिकरण स्थलगत अध्ययन भ्रमण सम्बन्धि।
१३ ०६५।०२।१९ ०९ नगरपालिका कार्यालय भवन निर्माणको लागी स्थानिय विकास मन्त्रालय जगेडा कोषसंग योजना माग गर्ने।
१४ ०६५।०३।०३ ०२ मापदण्ड मिचाई बनेका टहराको मिचाईको अंश भत्काई बाँकि मात्र नक्सापास गरि दिने सम्बन्धि।
१५ ०६५०३।०३ ०७ चक्रपथ निर्माण कार्यको समर्थन।
१६ ०६५।०३।०३ ०८ नगरपालिका कार्यालय भवन निर्माण सम्बन्धि।

- नगर विकास कोषबाट ऋण लिने।

- विशेष अनुदान माग

- नपुग रकम न.पा.को आन्तरिक स्रोतबाट ब्यहोर्ने।

१७ ०६५।०३।१५ ०१ UEIP PIU मार्फत त्रिवेणीघाट क्षेत्र सुधार कार्यका लागि नगर विकासकोषसंग ऋण माग गर्ने।
१८ ०६५।०३।२६ ०१ सेवा सुविधा फुकुवा सम्बन्धमा ।
१९ ०६५।०३।३० ०१ आ.व. ०६४/६५ को स्वीकृत बजेटको एक तिहाई नबढ्ने गरी चालु वर्षका लागि बजेट खर्च गर्ने सम्बन्धि।
२० ०६५।०५।११ ०१ Pro-Poor Urban Governance through Poverty Mapping Gender Assement and Need Assement सम्बन्धि कार्य स्वीकृत एवं संचालन।
२१ ०६५।०५।११ ०२ सडकको नामाकरण सम्बन्धि।
२२ ०६५।०६।१० ०२ कर्मचारी तलब वृद्धि सम्बन्धि।
२३ ०६५।०६।१० ०५ पर्व पूजा संचालनका लागि रकम निकासा दिने सम्बन्धि।
२४ ०६५।०७।२५ ०२ पनौति खोपासी सडक पीच निर्माण कार्यलाइ निरन्तरता दिने सम्बन्धि।
२५ ०६५।०७।२८ ०२ ढल निर्माण कार्यमा उपभोक्ता सहभागिता वापतको अंश न.पा.ले ब्यहोर्ने सम्बन्धि
२६ ०६५।०७।२९ ०३ सिंचाई सम्बन्धि साझेदारी योजना स्वीकृती।
  • नगरपालिका बोर्डको अधिकार प्रयोग गरि गठन भएको योजना फरकफरक तथा जाँचपास समितिले निर्णयनुसार गत आ.व. ०६४/०६५ मा फरफारम भएको योजनाहरु  (अनुसुची २ बमोजिमका) फरफारम अनुमोदन गर्ने निर्णय गरियो।
  • गत आ.व. २०६३/०६४ को आर्थिक विवरण जानकारी भयो।
  • यस पनौति नगरपालिका र यस अन्तर्गत सञ्चालित शहरी तथा वातावरणिय सुधार परियोजना कार्यान्यन इकाई पनौतिको गत आ.व.०६४/०६५ को सम्पूर्ण आर्थिक कारोबारको आम्दानी, खर्च तथा धरौटीको अन्तिम लेखा परीक्षण गर्ने मिति २०६५ भदौ ११ मा सुछना प्रकाशन गरी नगरपालिका कार्यालयमा सूचीकृत लेखापरीक्षक मध्यबाट पेशागत प्रमाणपत्र नं. २१३४ का जे.जि. एण्ड कम्पनि, रुद्रनगर, रातोपुल काठमाण्डौलाई लेखापरीक्षक नियुक्त गरी निजलाई मसलन्द लगायत सम्पूर्ण खर्च सहित परिश्रमिक वापत एकमुष्ट जम्मा रु. ३००००।- अक्षरुपी तीस हजार मात्र तोक्ने निर्णय गरियो।
  • नगरपालिकाको बजेट तथा कार्यक्रम कार्यान्यन लगायत सेवा प्रवाहलाई अझ बढी ब्यवस्थित प्रभावकारी बनाउन निम्न अनुसारको नीतिगत व्यबस्था गर्ने निर्णय गरियो। 
 क) बढीमा ३ जनासम्म उत्कृष्ट करदातालाई पुरस्कृत गरिनेछ।
ख) नगरक्षेत्रभित्रका सामुदायिक मा.वि.को कक्षा ९ र१० का छात्र छात्रालाई मासिक १००।-का दरले दलित विपन्न जेहेन्दार छात्रवृद्धिका रुपमा वार्षिक रुपले एकमुष्ट छरकम उपलब्ध गराईनेछ।
ग) नगरक्षेत्रभित्रका सबैभन्दा जेष्ठ महिला १ र पुरुष १ गरि २ जनालाई सम्मानित गरिनेछ।
घ) अशक्त, अपाङ्ग,बृद्ध,बृद्धा महिला तथा वाल बालिकालाई सेवा प्रवाह एवं उपलब्धतामा विशेष प्राथमिकता दिईनेछ।
ङ) शहरी गरिवि न्युनिकरण लागु गरिएका एवं गरिने क्षेत्रहरुमा सामाजिक परिचालनका माध्यमबाट कार्यक्रम कार्यान्वयन गरिनेछ।यसका लागी समुदायमा आधारित टोल विकास संस्था एवं उपभोक्ता समितिलाइ सहभागी गराइनेछ।
च) फोहोरमैला व्यवस्थापनमा सार्वजनिक निजि साझेदारी निजि साझेदारी लगायत स्थानीय स्तरमा कृयाशील स-साना समुलाई प्राथमिकता पूर्वक परिचालन गरिनेछ।
छ) सबै वडा क्षेत्रभित्र विद्यालय जाने उमेर पुरा नभएसम्म वाल बाकलिकाको लागि समुदायमा आधारित बाल विकास केन्द्र संचालनका लागि तोकिएको दरमा सहयोग उपलब्ध गराइनेछ।
ज) साविक गाउँ विकास समितिको निर्णय, स्थानीय सर्जमिन समेतका आधारहरु सुकुम्बासी भएका कारण वा गाउँ विकास समितिको आन्तरिक कोष ब्यवस्थाका लागि निश्चित शर्त पुरा गरि उपलब्ध गराईएका जग्गा साविक बमोजिमकै क्षेत्रभित्र सीमित रहि उक्त ठाउँमा सोहि समयमा संरचना निर्माण गरि सकेको ठहरिएमा त्यस्ता संरचनालाइ खानेपानी लगायत विद्युत आपूर्तीका लागि आवश्यक सिफारिस उपलब्ध गराइनेछ।
झ) नगरपालिका क्षेत्रभित्र उपस्वाश्थ्य चौकी एवं प्रा.स्वा. के. अन्तर्गत रहेको महिला स्वाश्थ्य स्वयंसेविकाहरुलाई साडी चोलो र ब्यागको व्यबस्था गरिनेछ।
ञ) नगर क्षेत्रभित्र हुन सक्ने प्राकृतिक प्रकोप एवं विपत्तिबाट प्रवाहित हुनेलाइ राहत सहयोग उपलब्ध गराउन प्राकृतिक प्रकोप राहत कोषको ब्यवस्था गरिनेछ।
ट)  नगरपालिका क्षेत्रभित्र निर्माण भएका एवं निर्माण हुने योजनाको आवश्यक मर्मत संभार गर्न एक योजना मर्मत संभार कोषको ब्यबस्था गरि सोहि कोषबाट योजनाको मर्मत संभार गर्ने व्यवस्था गरिनेछ।
ठ) नगरपालिकाबाट तारा गाउँ विकास समिति समेतको सहयोगमा निर्मित सेतिदेवी पिकनिक स्पोर्टको संचालन ब्यवस्थापनका लागि स्थानीय रुपमा उपभोक्ता समिति गठन गरी निश्चित शर्त एवं सम्झौताका आधारमा उक्त पिकनिक स्पोट संचालन गरिनेछ।
ड) गहार बाटो प्रमाणित गरी पठाउने प्रयोजनका लागि कच्चि घरको मुल्याङ्कनलाई आधार मानिनेछ।
ढ) शहरी नक्साङ्कन सम्पन्न भइसके पश्चात यस नगरपालिकाको शहरी नक्साहरुको सम्बन्धित निकायसंग आवश्यक सहमति लिइ उपयुक्त मुल्यमा सर्वसाधारणलाई विक्रि गर्ने सम्बन्धि अधिकार नगरपालिका बोर्डले प्रयोग गर्नेछ।
ण) नगरपालिका स्वंयमले सहमति प्रदान गरि सार्वजनिक पर्ती जग्गामा बनेका संरचनालाई खानेपानी एवं विद्धुत आपूर्तिका लागि सिफारिश उपलब्ध गराईनेछ।
त) पनौती नगरक्षेत्रको पर्यटन विकासलाइ व्यवस्थित गर्न गठित पनौती पर्यटन विकास समिति मार्फत पर्यटन विकास सम्बन्धि आवश्यक कार्यहरु गरिनेछ।
थ) पनौती नगरक्षेत्र परम्परादेखि संचालन हुदै आएको जात्रा प्रर्व पूजालाई गठित धर्म तथा संस्कृति संरक्षण समिति मार्फत संचालन ब्यवस्थापन गरिनेछ।
द) नगरपालिकाको लागि कर्मचारी प्रशासन एवं आर्थिक प्रशासन सम्बन्धि विनिमय तर्जुमा गर्ने ब्यवस्था मिलाईनेछ।
ध) नगरपालिकाको लागि भवन निर्माण सम्बन्धि निर्देशिका लगायत कर्मचारी कल्याण कोष सम्बन्धि निर्देशिका तर्जूमा गर्ने व्यबस्था मिलाईने छ।
न) सामाजिक विकास शाखा मार्फत महामारी नियन्त्रण सम्बन्धि कार्य, रेविज विरुद्ध जनचेतना भ्याक्सिन, स्वस्थकर मासु सम्बन्धि जागरुकता कार्यक्रम लगायत सामाजिक  परिचालनका लागि समुदायस्तरमा टोल विकास संस्था स्थापना गर्ने व्यवस्था मिलाइने छ।
प) बाल विकास केन्द्रको अध्यक्ष, सहयोगि कार्यकर्ता, स्वास्थ संस्था प्रमुख, सामुदायिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष, एवं प्र.अ.हरु, नगरस्तरिय सहकारी समन्वय समिति बिच छुट्टा छुट्टै अन्तरकृया एवं प्रगती मापन सम्बन्धि बैठकको आयोजना गरिनेछ।
फ) जे.टि.ए. र भेटेरिनरि छात्रवृत्तिको लागि सहभागि छनौट गर्दा नगरपालिका बोर्डले तय गरेको शर्त सुविधाको आधारमा चयन गरी छात्रवृद्धि प्रदान गरिनेछ।
ब)  नगरपालिका क्षेत्रभित्रका प्राचिन एवं ऐतिहासिक सम्पदाहरुको सरक्षण सम्बर्द्धन लगायत विकास गर्न गठित संरक्षित स्मारक क्षेत्र संरक्षण समिति मार्फत कार्यक्रम निर्माण गरि योजनाबद्ध विकासको प्रकृया थालनी गरिनेछ।
भ) इन्देश्वर परिसर भित्र रहेको म्युजियमलाईन.पा.को पहलमा गठित विभिन्न समितिसंग आवश्यक समन्वय गर्दै संचालन ब्यबस्थापन एवं सुरक्षाको उपयुक्त वातावरण निर्माण गरी संचालन गरिनेछ।
म) पार्क पोखरी उद्यान आदीको संचालन ब्यवस्थापनका लागि स्थानिय समुदायको सहभागितामा टोल विकास संस्था निर्माण गरिनेछ।
य) बाल तथा मिहिला क्लव लगायत स-साना बाचनालय संचालनका लागि उत्प्रेरणात्मक सहयोग उपलब्ध गराइनेछ।
र) नगरपरिषदबाट स्वीकृत योजनाहरु मध्य उपभोक्ताको चाहना औचित्य, तत्कालिन परिवेश एवं सर्वदलिय संयन्त्रको सिफारिशका आधारमा थपघट हेरफेर संशोधन गर्नुपर्ने भएमा नगरपालिका बोर्डले उक्त अधिकार प्रयोग गर्नेछ। 
बाह्रौ नगरपरिषको निर्णय नं.१९ सँग सम्बन्धित नगरपालिका बोर्डको केहि निर्णयहरु
१.मिति २०६४।११।१३ मा भएको निर्णय नं. १,:- यस नगरपालिकाको वडा नं. ५ रामहरि सुवेदिको घरबाट महाङाल मन्दिसम्मको सडकको विद्यमान भौगोलिक अवस्था, स्थानीय उपभोत्ताको चाहना एवं लिखित मञ्जुरी र ०६४/११/२२ को सर्वदलिय बैठकको सिफारिष समेतका आधारमा उक्त सडकमा साविक बमोजिम कायम रहेको सडक मापदण्डमा परिवर्तन गरी सो सडकमा केन्द्र बिन्दुबाट २/२ मि. संशोधित मापदण्ड आगामी नगरपरिषदबाट अनुमोदन गराउने गरी लागु गर्ने निर्णय गरियो।
२. मिति २०६५।०३।०३ मा भएको निर्णय नं.२:- साविकमा तोकिएको मापदण्ड अनुसार घर निर्माण भएका तर हालको मापदण्ड बनाई नेपाल सरकार वा नगरपालिकाको निर्णयानुसार त्यस्ता घरहरु भत्काउने वा हटाउने कवुलियत गरेमा निजहरुको नक्सापास गरिदिने सम्बन्धि नीतिगत व्यबस्था गर्न आगामी नगरपरिषदमा पेश गर्ने निर्णय गरियो।
३. मिति २०६५।०५।११ मा भएका निर्णय नं.२ :- यस नगरपालिकाको वडा नं. १ देखि १३ सम्मका वडा क्षेत्रभित्र साविकदेखि कायम रहेका पछि भएका एवं स्तरोन्नति भएका बाटा घाटा, गल्ली सडक मार्गहरुको नामाकरण गर्ने सिलसिलामा प्राविधिक दृष्ट्रीले समेत उपयुक्त हेरि सम्बन्धित वडामा वडा भेलाबाट समेत नामाकरणका लागि प्रस्ताव गरि पठाएको आधारमा निम्न वडाको निम्न क्षेत्रमा आगामी नगरपरिषबाट अनुमोदन हुनेगरि देहाय बमोजिम सडक नामाकरण गर्ने निर्णय गरियो।

   
 
     
© B.S. 2064-65 || All rights reserved