FAQs Complain Problems

समाचार :

परिवार नियोजन सम्बन्धि सुक्ष्म योजना गोष्ठी सम्पन्न

पनौती नगरपालिका स्वास्थ्य शाखा पनौतीको संयोजनमा मिति २०७५ जेष्ठ १ र २ गते संचालन भएको लक्षित समुदायमा आधारित परिवार नियोजन सुक्ष्म योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको छ|

उक्त कार्यक्रममा प्रत्येक स्वाथ्य संस्थाका प्रमुख र परिवार नियोजन कार्याक्रमसंग संलग्न रहेका स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो|परिवार नियोजनको बर्तमान अवस्थाको अध्ययन र आगामी दुई बर्षको योजना निर्माण गर्ने मुख्य उद्देश्य लिएको सो कार्याक्रम बृहत रुपमा संस्थागत प्रस्तुतीकरण र छलफलका साथ सुक्ष्म कार्ययोजना निर्माण गरि सम्पन्न भयो|