FAQs Complain Problems

बालश्रम निवारण सम्बन्धी जरुरी सूचना

"बालबालिका लाई श्रममा प्रयोग नगरौ, बालश्रम मुक्त समाजको प्रयोग गरौ" भन्ने मुल नाराका साथ पनौती नगरपालिकामा अन्तराष्ट्रिय श्रम संगठन ILO को सहयोगमा निकृष्ट प्रकारको बालश्रम निवारण कार्यक्रम सञ्चालन गरिएकोमा नगरपालिकाका वडा नं. १२ र १३ बालश्रम मुक्त गर्न उपयुक्त देखिएकोले निम्न मिति, समय र स्थानमा नेपाल सरकार सङघीय मामिला तथा स्थानीय तथा बिकास मन्त्रालयका माननीय स्थानीय बिकास सहायक मन्त्री श्री रेशम लामा ज्यूको प्रमुख आतिथ्यता एवं काभ्रे जिल्ला क्षेत्र नं. २ का माननीय सांसद श्री रामहरी सुबेदी ज्युको बिशिष्ट आतिथ्यतामा बालश्रममुक्त वडा घोषणा गर्ने कार्यक्रम रहेकोले उक्त कार्यक्रममा यहाँको उपस्थितीको लागि हार्दिक अनुरोध गदछौ ।

कार्यक्रम हुने- 
मिति - २०७३ जेठ ३० गते आईतवार                                   
समय - विहान १०.३० बजे,                                      
स्थान - श्रीराम उच्च मा. बि. प्राङ्गण