तत्कालिन मल्पी, खोपासी, सुन्थान शारदा, टौखाल देवीस्थान, सुब्बागाउँ र पनौती गाविसको सबै क्षेत्रलाई समावेश गरी २०५३ साल माघ ११ गते गठित पनौती नगरपालिका हाल १३ वडामा विभक्त छ। आनन्द मल्लको शासन काल (इ.सं.१२७४-१३०१) मा प्राचीन पनौतीको स्थापना भएको विशवास गरिएसँगै देशको रुपमा छुट्टै अस्तित्व वि.सं. १८२० पछि नेपाल एकिकरणको क्रममा समाप्त भएको पाइन्छ। |